लिबाङ, २५ फागुन । रोल्पा उद्योग वाणिज्य संघको अध्यक्षमा केशवकुमार आचार्य विजयी भएका छन् ।
नेकपा एमालेका आचार्यले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतकाे पाँच दलिय गठबन्धनका वसन्त सुवेदीलाई पराजित गर्दै बिजयी भएका हुन । नेकपा (एमाले) निकट आचार्यले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)लगायतकाे पाँच दलिय गठबन्धनका सुवेदीलाई तीन मतान्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् ।
आचार्यले ४३७ प्राप्त गर्दा सुवेदीले ४३४ मत ल्याएका छन् । एक हजार २ सय १८ मतदाता रहेको संघको निर्वाचनमा ९८५ मत खसेको बताइएको छ । सदस्यमा अशोक आचार्य, इन्द्रबहादुर महरा, ऋषिराम रिजाल, चन्द्रबहादुर बुढा, दीपककुमार श्रेष्ठ, विशेष घर्ती क्षेत्री, रञ्जु पोख्रेल, शिवराज आचार्य र सुरेन्द्र थापा विजयी भएका छन् ।
रोल्पा उद्योग वाणिज्य संघकाे दुई उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्