समाचार

चरित्र हत्या गरेको आरोपमा दुई युट्युबर पक्राउ



काठमाडौँ, २५ फागुन । पीडितको चरित्रहत्या गर्ने भिडियो प्रसारण गरेको आरोपमा प्रहरीले दुई जना युट्युबरलाई पक्राउ गरेको छ ।

प्रहरीको साइबर ब्युरोको टोलीले आज मिडिया नेपाल नामक युट्युब च्यानलका सञ्चालक नागार्जुन नगरपालिका-८ भीमढुंगाका ५३ वर्षीय हरि उदासी भन्‍ने हरि परियार र विशाल नेपाल युट्युब च्यानलका राइनास नगरपालिका ३ घर भइ तारकेश्वर नगरपालिका- ४ शेषमती बस्‍ने २७ वर्षीय निशासन चिलवाललाई पक्राउ गरेको हो ।

उनीहरुले ती युट्युब च्यानलमार्फत पीडितको मानमर्दन र चरित्रहत्या हुने गरी सामग्री प्रसारण गरेको उजुरी परेको ब्युरोले जनाएको छ । पक्राउ परेका दुई जनामाथि जिल्ला अदालत काठमाडौंबाट ७/७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको ब्युरोले जनाएको छ ।