काठमाडौँ, १७ जेठ । नेपाल नागरिक उड्यन प्राधिकरणले प्रस्थान गर्ने र गन्तव्यमा पुग्ने ‘इनरुट’को मौसम सफा भएमात्रै विमानलाई उडान अनुमति दिने भएको छ ।
आइतबार तारा एयरको विमान दुर्घटनामा परी २२ जनाको मृत्यु भएपछि प्राधिकरणले जहाज उडानको अनुमतिमा कडाइ गरेको हो । तारा एयरको बिमान दुर्घटनाको कारण प्रतिकूल मौसम रहेको हुनसक्ने प्राधिकरणको प्रारम्भिक अनुमान छ ।
नेपाल नागरिक उड्यन प्राधिकरणको प्रवक्तासमेत रहेका निमित्त उपमहानिर्देशक देव चन्द्रलाल कर्णले अब प्रस्थान गर्ने र गन्तव्य विमानस्थलका साथै उक्त रुटमा पर्ने स्थानको पनि मौसम सफा भएमा मात्रै उडान अनुमति दिने निर्णय गरिएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्