समाचार

न्युजिल्यान्ड पठाइदिन्छु भन्दै ३० लाख रूपैयाँ ठगी गर्ने पक्राउ



काठमाडौँ, १८ जेठ । न्युजिल्यान्ड पठाइदिन्छु भनी ३० लाख रूपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार काठमाडौँ नागार्जुन नगरपालिका ९ स्युचाटार बस्ने ४५ वर्षीय विकास भट्टराई खत्रीलाई पक्राउ गरेको हो

उनले वर्किङ भिषामा न्युजिल्यान्ड पठाइदिने भन्दै प्रतिब्यक्ति १५ लाख रुपैयाँ लाग्छ र न्युजिल्यान्ड पुगेपछि कृषि फर्ममा काम लगाइदिन्छु भनेर पैसा असुलको प्रहरीले जनाएको छ ।

कम्तिमा मासिक २ लाख ५० हजार रूपैयाँ तलब हुन्छ भनी प्रलोभनमा पारेर दुईजनाबाट ३० लाख रुपैयाँ लिई ठगी गरेको र उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।