हेटौँडा, १८ जेठ । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले वाग्मती प्रदेशलाई प्रविधिसँग जोड्दै सबै क्षेत्रमा डिजिटलाइजेसन गरिने अभियानमा लागिएको बताएका छन् ।
आज हेटौँडामा आयोजित ‘डिजिटल वाग्मती’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यन्मत्री पाण्डेले सरकारले ल्याएको नीति तथा कार्यक्रमले प्रदेशलाई डिजिटल बनाउने अभियानलाई समेटेको बताए ।
“अबका बजेटमा पनि डिजिटल वाग्मतीको विषय समावेश हुन्छ । डिजिटल प्रविधिको विकासबाट समाजमा सकारात्मक परिवर्तन आउनेमा प्रदेश सरकार स्पष्ट छ । त्यसैले प्रदेशलाई प्रविधियुक्त बनाइन्छ,” उनले भने ।
कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीना लामाले हेटौँडालाई प्रविधियुक्त बनाउन विद्युत् समस्या रहेको बताइन् । उनले प्रविधिको चाहनाबिना परिवर्तन असम्भव रहेकाले भौतिकवादी युगमा प्रविधिसँग जोडिनुपर्ने आवश्यकता औँल्याइन् । रासस
प्रतिक्रिया दिनुहोस्