Banner News

अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नै नियुक्त हुने



काठमाडौँ, १५ साउन । अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नियुक्त हुने भएका छन् ।

आज बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई नै अर्थमन्त्री नियुक्त गर्न सिफारिस गरेका छन् ।

आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई करको दर हेरफेर गरेको आरोप लागेपछि उनले गत असार २२ गते राजीनामा दिएका थिए ।