राजनीति

माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित



काठमाडौँ, १५ साउन । नेकपा माओवादी केन्द्रको दिउँसो तीन बजे बस्ने भनिएको स्थायी समितिको बैठक स्थगित भएको छ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालयका अनुसार संसद बैठक र अर्थमन्त्रीको शपथका कारण बैठक स्थगित भएको हो । अब अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान भ्रमणबाट फर्किएपछि बैठक राखिने केन्द्रीय कार्यालयले जनाएको छ ।