समाचार

आजको मौसम



काठमाडौँ, ९ पौष । हाल देशमा न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार तराईसहित विभिन्न क्षेत्रमा तुवाँलो लागेको छ। तुवाँलो र हुस्सुले तराई प्रभावित भएको छ भने हिमपातले पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ।

आज प्रदेश १, मधेश र बागमतीका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यसबाहेक विभिन्न पहाडी क्षेत्रमा बदलीको आकलन गरिएको छ ।

त्यस्तै आज राति प्रदेश १, गण्डकी र कर्णालीका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको प्रक्षेपण महाशाखाले गरेको छ।