काठमाडौँ, ९ पौष । चालू आर्थिक वर्ष २०७९/८० को ५ महिनामा नेपालबाट २७ करोड ८१ लाख रूपैयाँको यार्सागुम्बा निर्यात भएको छ ।
भन्सार विभागका अनुसार साउनदेखि मंसिर महिनासम्ममा उक्त मूल्य बराबरको यार्सागुम्बा विदेशतर्फ निर्यात भएको हो । ५ महिनाको अवधिमा नेपालबाट ४५३ किलोग्राम यार्सागुम्बा निर्यात भएको छ ।
नेपालबाट यस अवधिमा विश्वका ११ वटा देशमा यार्सागुम्बा निर्यात भएको छ । विभागका अनुसार युरोप, एसिया र अमेरिकाका देशमा नेपालबाट यार्सागुम्बा निर्यात भएको छ ।
प्रतिक्रिया दिनुहोस्