काठमाडौँ, ९ पौष । लागुऔषध सेवन गरेर सवारी साधन चलाएको पाइएपछि ७ जना चालक पक्राउ परेका छन् ।
नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ, लागुऔषध नियन्त्रण ब्युरो कोटश्वर र प्रहरी बृत जगातीको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा शनिबार लागुऔषध सेवन गरी सवारी साधन चलाउने ७ जना चालकलाई भक्तपुरको जगातीबाट पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा ५ जना मोटरसाइकल चालक, एक जना स्कुटर चालक र एक जना ट्याक्सी चालक रहेका छन् । पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि प्रहरी वृत्त जगातीमा राखिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सवारी साधनका चालकहरूले लागुऔषध सेवन गरी सवारी साधन चलाए नचलाएको सम्बन्धमा प्राविधिक टोलीसहित टि.एच.सि. किटको प्रयोग गरी गत साउन ९ गतेबाट ट्राफिक प्रहरीले चेकजाँच अभियान सुरु गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्