Banner News

प्रचण्ड सहितका नेताहरु १६६ सांसदको समर्थन लिएर राष्ट्रपति निवासमा



काठमाण्डौ,१० मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीको दावी लिएर शीतल निवास पुगेका छन् । राष्ट्रपतिको निवासमा १६६ सांसदको समर्थन लिएर उनी प्रधानमन्त्रीमा दाबी गर्न शीतल निवास पुगेका हुन् ।

प्रचण्डसँगै एमाले अध्यक्ष केपी शर्मा ओली, अन्य एमाले नेताहरू, माओवादीका नेताहरू, राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू शीतल निवास पुगेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई प्रधानमन्त्रीको दाबी लिएर आउन आज ५ बजेसम्मको समय दिएकी थिइन् ।