काठमाडौं, ११ पुस । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शपथ लिनुभएको छ । सात दल र केही स्वतन्त्रसहित १७० सांसदको समर्थनमा माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुनुभएको हो । शीतल निवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराउनुभयो ।
प्रचण्ड शपथका लागि दौरा सुरुवाल लगाएर पुग्नुभएको हो । यसअघि दुईपटक प्रधानमन्त्री बनेका प्रचण्डले सर्ट पाइन्ट र कोटमा शपथ लिनुभएको थियो । एमालेका विष्णु पौडेल अर्थमन्त्रीमा, माओवादीका नारायणकाजी श्रेष्ठ भौतिक पूर्वाधार र रास्वपाका रवि लामिछानेले गृहमन्त्रीसँगै उपप्रधानमन्त्रीको शपथ लिनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्