राजनीति

जसपा सरकारमा जाने विषय राजनीतिक समितिको बैठकपछि मात्र तय हुने



काठमाडौँ, १२ पौष । जनता समाजवादी पार्टी, नेपाल सरकारमा जाने या नजाने विषय बैठकपछि मात्र टुङ्गो लाग्ने भएको छ ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरेपनि सरकारमा सहभागि हुने या नहुने विषय भने पुस १८ र १९ गते बस्ने राजनीतिक समितिको बैठकबाट मात्र तय हुनेछ । त्यतिबेलासम्म पार्टीको संसदीय दलको नेता चयनको प्रक्रिया पनि टुंगो लाग्नेछ ।

जसपाको लागि पार्टी सरकारमा सहभागि हुने या नहुने भन्दापनि संसदीय दलको नेता को र कहिले चयन हुने भन्ने विषय बढि चासोको विषय बनेको छ ।