अर्थ

आजको सुनचाँदीको मूल्य



काठमाडौँ, १२ पौष । आज बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन २ सय रुपैयाँमा बढेर प्रतितोला १ लाख ७ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख २ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रह्दै प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।