काठमाडौँ, १३ पौष । देशका हिमाली भेगमा आज हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार आज दिउँसो प्रदेश–१, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१ को हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै आज राति प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१ को हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
यसैबीच, काठमाडौँ मा आज बिहानको तापक्रम ४ डिग्री सेल्सियस रहेको छ । विभागका अनुसार आज बिहान पौने ६ बजे काठमाडौँको तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्