काठमाडौ, १३ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निवास खुमलटारबाट बाहिरिएका छन्।
साढे २ घण्टा भेटवार्तापछि खुमलटारबाट प्रचण्ड बाहिरिएका छन्। नेपाली कांग्रेस नेतृत्वको गठबन्धनबाट बाहिर ल्याएर प्रचण्डलाई प्रधानमन्त्री बनाएपछि ओलीको दौडधुप बढेको छ ।
प्रचण्डसँग समसामयिक विषयमा छलफल भएको अध्यक्ष ओलीले बताए।
दुई नेताबीच आगामी सहयात्रा र सत्ता गठबन्धनमा हुने भागबण्डाको विषयमा छलफल गरेको बुझिएको छ। त्यसरी नै दूई नेताहरु बीच गठबन्धनको बैठकमा हुने छफललमा एजेण्डा तय भएको बुझिएको छ ।
यसअघि संसद् विघटन गर्नु अघिल्लो दिन २०७७ पुस ४ गते साँझ ओली खुमलटार पुगेका थिए । प्रतिनिधिसभा विघटनपछि ओली र प्रचण्डबीच दूरी बढेको थियो।
भोलि फेरि बालुवाटारमा सत्ता साझेदारी दलको शीर्ष नेताहरुबीच छलफल हुने उनले बताए।
उनले मन्त्रालय भागबण्डाको विषयमा सामान्य छलफल भएपनि भोलिबाटै मात्रै औपचारिकता पाउने उनको भनाइ छ।
माधव नेपाललाई सरकारमा ल्याउने प्रधानमन्त्रीले पहल थालेपछि सकारात्मक रूपमा प्रक्रिया अघि बढेको बताए।
प्रतिक्रिया दिनुहोस्