काठमाडौँ, १४ पौष । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्योगी व्यवसायीका समस्याकाे समाधान खोज्न सकारात्मक प्रयास गर्ने बताएका छन ।
आज नेपाल चेम्बर अफ कमर्सका पदाधिकारी, नेपाल उद्योग व्यापार महासङ्घ र नेपाल इन्भेस्टमेन्ट फोरमका पदाधिकारीसँगको छलफलमा अर्थमन्त्री पौडेलले उद्योगी व्यवसायीका समस्याको समाधान खोज्ने सकारात्मक प्रयास गर्ने बताएका हुन ।
उनले चेम्बरले देशको आर्थिक समुन्नतिका लागि सरकारसँग सहकार्य गर्ने विषय सकारात्मक भएको बताए । देशको आर्थिक उन्नति अहिले सबैको सरोकारको विषय भएको बताउँदै उनले चेम्बरले उठाएका मागलाई छलफल गरेर सकारात्मक समाधान गर्न प्रयास गर्ने प्रतिबद्धता जनाए ।
छलफलमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मन्त्री पौडेललाई बैंकको उच्च ब्याजदर र चालु पँजी कर्जाको कारण अर्थतन्त्र सङ्कुचनमा परेको बताए । उनले बैंकको ब्याजदरलाई व्यवस्थित गर्न र चालु पुँजी कर्जालाई तत्कालका लागि स्थगित गर्न माग गरे । अध्यक्ष मल्लले मन्त्री पौडेललाई बैंकको ब्याजदर एकल अङ्कमा ल्याउन आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्