काठमाडौँ, १६ पौष । बहुप्रतिक्षित केरूङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययनका लागि काठमाडौँ आएको चिनियाँ प्राविधिक टोलीले आगामी एकसाताभित्रमा नै ‘फिल्ड सर्भे’ को काम थाल्ने भएको छ ।
गत मंगलबार सम्भाव्यता अध्ययनका लागि काठमाडौँ आएको चिनियाँ प्राविधिक टोलीले पहिलो चरणमा फिल्ड सर्भेको काम गर्ने रेल विभागले जनाएको छ । रेल विभागका महानिर्देशक रोहितकुमार बिसुरालले अहिले नेपालमा रहेका चिनियाँ प्राविधिक टोलीसँगै विभागका प्राविधिक समूह पनि फिल्ड सर्भेमा जाने जानकारी दिए ।
केरूङ–काठमाडौँ रेलमार्गको सम्भाव्यताअध्ययनका लागि काठमाडौं आएको चिनियाँ प्राविधिक टोली अहिले आन्तरिक व्यवस्थापनमा रहेको बताउँदै बिसुरालले भने, ‘चिनियाँ प्राविधिकको आन्तरिक व्यवस्थापनका काम सकिएपछि फिल्ड सर्भेमा जाने छ ।’ यो समाचार आजको राजधानी दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस्