काठमाडौँ, १६ पौष । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।
बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका रवि दिउँसो ओलीलाई भेट्न बालकोट पुगेका हुन् । सत्तारुढ दलहरूबीच मन्त्रालयको भागबण्डा टुंगो लागिनसकेका कारण छलफल गर्दै आएका छन् । ओलीसँगको भेट पनि मन्त्रालयको भागबण्डालगायत विषयमा केन्द्रित भएको स्रोतले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्