राजनीति

सशस्त्रमा स्थायी आदेश जारी: भेटघाटमा विभागीय स्वीकृति अनिवार्य



काठमाडौँ, १७ पौष । सशस्त्र प्रहरी बल नेपालले मातहतका कर्मचारीलाई कूटनीतिक नियोग तथा राजनीतिक नेतृत्वसँग भेटघाट क्रममा पालना गर्नुपर्ने आचारणसम्बन्धी स्थायी आदेश जारी गरेको छ ।

यसअघि गृह मन्त्रालयले विभिन्न कूटनीतिक नियोग प्रमुख तथा प्रतिनिधि र राजनीतिक दलका नेतृत्वसँग भेट्दा अनिवार्य ‘विभागीय स्वीकृति’ लिन सुरक्षाकर्मीलाई निर्देशन दिएसँगै सशस्त्र प्रहरी बल नेपालले स्थायी आदेश जारी गरेको हो । आदेशबाट ‘आफू खुसी भेटघाट गर्ने परम्परा अन्त्य हुने’ सशस्त्र प्रहरी बल प्रधान कार्यालय सूचना शाखा प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाको विश्वास छ । उनका अनुसार अब भेटघाट गर्नुपरे अनिवार्य स्वीकृति लिनुपर्ने छ ।

त्यस्तै, सरकारी प्रयोजनका लागि भेटघाट गर्नुपर्ने भए संगठनका तर्फबाट सम्बन्धित कर्मचारीका नाममा जारी ‘रवानापत्र वा तोक आदेशपत्र’ साथमा लिई जानुपर्ने छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।