काठमाडौँ, १७ पौष । सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेर बन्द भएको छ । आज सुरुवाती समयमा उच्च वृद्धि भएपनि त्यसपछि लगातार उतारचढाव देखिएको नेप्से १७.२४ अंक (०.८५ प्रतिशत) ले वृद्धि भएर २०४६.२६ अंकमा बन्द भएको हो ।
नेप्सेमा तीव्र उतारचढाव देखिँदा कारोबार रकम पनि बढेको छ । नयाँ सरकार गठनसँगै गत साता र आइतबार पनि सुरुवती समयमा बढेको बजारमा लगानीकर्ताले नाफा बुक गर्दा कारोबार रकम पनि ४ अर्ब नाघेको छ । गत बिहीबार नै चार महिना याताकै उच्च बिन्दुमा पुगेको नेप्से आइतबारको ‘इन्ट्रा–डे’ मा ५४ अंकको वृद्धि हुँदा २०८३.१९ अंकसम्म पुगेको थियो ।
७ पुसमा १८६७.२१ अंकमा रहेको नेप्से गत साता र आइतबारको ‘इन्ट्रा–डे’ को उच्च बिन्दुमा पुग्दा करिब २१६ अंकले वृद्धि भएको थियो । छोटा अवधिमा नै नेप्सेमा उच्च वृद्धि हुँदा लगानीकर्ताले नाफा बुक गर्न खोजेपछि आइतबार ५४ अंक भन्दा माथिले वृद्धि भएको नेप्से अन्तिममा करेक्सन भएर १७ अंकको वृद्धि सहित बन्द भएको छ । जसले आइतबार कारोबार रकम पनि उच्च भएको छ । आइतबार सेयर बजारमा ४ अर्ब ४ करोड ८८ लाख ८० हजारको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्