Banner News

थप २ जनामा कोरोना संक्रमण, ३ जना डिस्चार्ज



काठमाडौँ, १७ पौष । पछिल्लो २४ घण्टामा थप २ कोरोना संक्रमन पुष्टि भएको छ । नेपालमा संक्रमितको संख्या १० लाख १ हजार २ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २९ जना रहेका छन ।

मन्त्रालयका अनुसार ३ आज जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ८८ हजार ९ सय ५४ जना रहेको छ । पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन । त्यस्तै आजसम्म मृत्यु हुनेको संख्या १२ हजार १९ जना रहेको मन्त्रालयले जनाएको छ ।