Banner News

राजनीतिमा पनि फल्ट खेल्यो भने रेडकार्ड पाउँछ : अध्यक्ष ओली



काठमाडौँ, १७ पौष । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खेलकुदमा जस्तै राजनीतिमा पनि फल्ट खेल्न नहुने बताएका छन् ।

आज मदन भण्डारी स्पोर्टस् एकेडेमीको स्थापना दिवशमा बोल्दै उनले फल्ट खेल्यो भने खेलकुदमा जस्तै राजनीतिमा पनि आउट हुने जोखिम हुने बताए ।

उनले भने, दैनिक जीवनमा व्यवहारिक जीवनमा, लेनदेन कारोबारमा केहीमा पनि फल्ट खेल्न हुँदैन, राजनीतिमा पनि फल्ट खेल्नु हुुँदैन’ ‘फल्ट खेल्यो भने एल्लो कार्ड, कहिले कहिले त रेड कार्ड नै पाउँछ ।’