राजनीति

जनतालाई शीतलहरबाट जोगाउन सीडीओहरूलाई गृहमन्त्रीको निर्देशन



काठमाडौँ, १८ पौष । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जनतालाई शीतलहरबाट जोगाउन सीडीओहरूलाई निर्देशन दिएका छन् ।

७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई आज भर्चुअल माध्यमबाट सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले गुनासो नआउने गरी संबोधन गर्न निर्देशन दिए । हिमाली जिल्लाहरुमा हिमपातका कारण हुने जोखिम न्यूनिकरणका लागि तयारी अवस्थामा जुट्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

गृह मन्त्रालयमा मन्त्री लामिछानेले भर्चुअल संवोधन गर्दै बढ्दो चिसोका कारण कुनै पनि नागरिकले ज्यान गुमाउने परिस्थिति बन्न नदिन विपद् व्यवस्थापनका तयारीमा लाग्न निर्देशन दिएका हुन् । विपद्को सामना गरिरहेका नागरिकसामु सकेसम्म आफैं पुग्न र दुःखमा परेकाहरुलाई अभिभावकत्व प्रदान गर्ने प्रतिवद्धताका लागि पनि प्रमुख जिल्ला अधिकारीहरुलाई मन्त्री लामिछानेले निर्देशन दिएका छन् ।