काठमाडौँ, ३ माघ । नेकपा (एमाले) का तर्फबाट राष्ट्रिय सभा सदस्य विमला पौडेल राईले पदभार ग्रहण गरेकी छन् ।
आज राष्ट्रपति भवन शितल निवासमा पद तथा गोपनियताको शपथ लिएपछि आजै सिंहदरबारस्थित कार्यालय पुगेर पदभार ग्रहण गरेकी हुन् ।
२०३६ सालमै कम्युनिष्ट विद्यार्थी राजनीति सुरू गरेकी पौडेलले २०५२ सालदेखि भने विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय परियोजनामा काम गरिन् । त्यही अनुभवका आधारमा उनी २०७० सालमा राष्ट्रिय योजना आयोगकी सदस्य भइन् ।
२०७४ सालमा उनी राष्ट्रपतिबाट राष्ट्रिय सभा सदस्यमा मनोनित भएकी हुन् ।
प्रतिक्रिया दिनुहोस्