राजनीति

सञ्चारमन्त्री शर्माद्वारा पदभार ग्रहण



काठमाडौँ, ३ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पदभार ग्रहण गरेकी छन् ।

शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएलगत्तै मन्त्री शर्माले सिंहदरबारस्थित कार्यालयमा पदभार ग्रहण गरेकी हुन् । मन्त्री शर्माले नेपाल सरकारको प्रवक्ताको जिम्मेवारीसमेत सम्हाल्नेछिन् ।