काठमाडौँ, ४ माघ । नेकपा (एमाले)का सांसद देवराज घिमिरेलाई प्रतिनिधिसभाको सभामुख पदको उमेदवार बनाएको छ ।
एमाले स्थायी कमिटी सदस्य समेत रहेका घिमिरेलाई सभामुखको उमेदवार बनाइने उपाध्यक्ष सुवास नेम्वाङले जानकारी दिए ।
उनी सत्ता गठबन्धनमा आबद्ध दलका तर्फबाट साझा उमेदवार बन्नेछन् । संघीय संसद् सचिवालयले आज दिउँसो १ देखि अपराह्न ४ बजेसम्म उमेदवारी दर्ताको समय तोकेको छ । ४ः१५ बजे दर्ता गरिएका उमेदवारको नाम प्रकाशन गर्ने कार्यतालिका छ ।
प्रतिक्रिया दिनुहोस्