राजनीति

पदका लागि मात्र राष्ट्रिय सहमति नखोजौँ : अध्यक्ष राउत



काठमाडौँ, ५ माघ । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले पदका लागि नभई देशलाई संकट परेको बेलामा राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् ।

आज प्रतिनिधिसभा बैठकमा उनले पदका लागि नभई देशलाई संकटबाट बाहिर लैजान राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताएका हुन् ।

उनले भने, राष्ट्रिय सहमति केका लागि हो ?’ ‘मधेसवादी दलहरूलाई बाहिर राखेर कस्तो खालको राष्ट्रिय सहमति खोज्नुभएको हो ?’ उनले प्रश्न गरे । उनले अनुहार, जाति र समुदायभन्दा माथि उठेर राष्ट्रिय सहमति खोज्न आग्रह गरे ।

मधेश बलिदानी दिवसको अवसरमा एक मिनेट मौन धारण गर्न चाहेको भन्दै उनले भने, ‘यसमा तपाईहरुले सम्मान दिन सक्नुहुन्छ कि सक्नु हुन्न ? उनले रोष्टममै उभिएर मौन धारण गर्दा सांसदमा केही उठे, केही उठेनन् । सुरुमा मधेश केन्द्रित दलका सांसदहरु मात्र उठेका थिए, त्यसपछि अरु सांसदहरु पनि उठे ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने उठेनन्, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने भने उठे ।