काठमाडौँ, ५ माघ । नारायणगढ–मुग्लिन सडकको काम नसकिएपछि थप एक महिना बाटो बन्द गरेर काम गरिने भएको छ ।
गएको पुस ५ गतेदेखि ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक रोकेर काम हुने गरेको थियो । आजदेखि भने दिउँसो १२ बजेदेखि ४ बजेसम्म थप ३० दिन सडक बन्द गर्न लागिएको हो ।
चितवनका प्रमुख जिल्ला अधिकारी अश्मान तामाङले गाडी नरोकी भित्तो काट्न नसकिने भएकाले एक महिना थप गरिएको बताए । निर्माणाधीन पाँच पुलमध्ये तीनको भित्तो काट्ने काम सकिएको छ ।
प्रतिक्रिया दिनुहोस्