काठमाडौँ, ६ माघ । प्रतिनिधिसभाको उपसभामुख चयन प्रक्रिया आजबाट सुरु हुने भएको छ ।
संसद् सचिवालयले सार्वजनिक गरेको उपसभामुखको निर्वाचन कार्यतालिका अनुसार आज उम्मेदवारी दर्ता हुनेछ । आज दिउँसो १ देखि ४ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ भने आजै सवा चार बजे उम्मेदवारको सूची प्रकाशित गरिनेछ । माघ ७ शनिबार १ बजे बस्ने प्रतिनिधि सभामा उम्मेदवारको प्रस्तावमाथि छलफल निर्णयार्थ प्रस्तुत गर्ने कार्यक्रम छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमलाई उपसभामुख बनाउने सत्ता गठबन्धनको तयारी छ । नेपाली कांग्रेसले पनि उपसभामुखमा उम्मेदवार उठाउने निर्णय गरेको छ । यसबारे पार्टीले आज थप निर्णय लिने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्