राजनीति

भूमिगत, निरकुंशताविरुद्ध लड्दै नवौं सभामुखसम्म



काठमाडौँ, ६ माघ । २०१५ सालको पहिलो संसद् र २०४७ सालमा प्रजातन्त्र पुनस्र्थापनापछि बनेका संसद्को इतिहासअनुसार देवराज घिमिरे नेपालका नवौं सभामुख हुन् । २०१५ सालको पहिलो संसद्मा कृष्णप्रसाद भट्टराई सभामुख थिए ।

२०४८ सालमा दमननाथ ढुंगाना, २०५१ सालमा रामचन्द्र पौडेल, २०५६ सालमा तारानाथ रानाभाट, २०६३ सालको अन्तरिम संसद्देखि पहिलो र दोस्रो संविधानसभामा सुवासचन्द्र नेम्बाङ, संविधान जारीपछि रूपान्तरित संसद्मा ओनसरी घर्ती, २०७४ सालको प्रतिनिधिसभाको पाँचवर्षे कार्यकालमा कृष्णबहादुर महरा र अग्निप्रसाद सापकोटा सभामुख भए ।

‘निष्पक्षतासाथ सभा सञ्चालन गर्छु’
प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख घिमिरेले निष्पक्षतासाथ सभा सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् । सभामुख पदमा निर्वाचित भएपछि बिहीबार संसद् भवनबाहिर सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै घिमिरेले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।