काठमाडौँ, ७ माघ । आज प्रतिनिधि सभाको उपसभामुखको निर्वाचन हुँदैछ ।
उपसभामुखको लागि सत्ता गठबन्धन र विपक्षी गठबन्धनले छुट्टाछुट्टै उम्मेदवार बनाएका छन् । शुक्रबार अपरान्ह चार बजेसम्म उम्मेदवारी दर्ताका लागि तोकिएको समयसीमामा दुई जनाको उम्मेदवारी परेको संघीय संसद् सचिवालयले जनाएको छ । संसद् सचिवालयका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना र नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवले उम्मेदवारी दर्ता गरेका हुन् ।
सत्ता साझेदार दलका तर्फबाट उम्मेदवारी दिएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगर पूर्वअधिकारकर्मी हुन् । यस्तै विपक्षी गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी मुक्ताकुमारी यादव लामो समयदेखि राजनीतिमा संलग्न नेतृ हुन् । दुवै समानुपातिक सांसद हुन् । शनिबार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकले उपसभामुख चयन गर्नेछ।
प्रतिक्रिया दिनुहोस्