काठमाडौँ, ७ माघ । उपप्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले ५ माघमा सांसद सीके राउतले मौन धारण गराउँदा नउठेकै आधारमा मधेश आन्दोलनका शहीदको सम्मान नगरेको भन्न नमिल्ने बताएका छन् ।
आज प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संसदमा सभामुखबाहेक अरु कसैको रुलिङ नचल्ने बताए । उक्त दिन संसदमा बोल्ने क्रममा जनमत पार्टीका अध्यक्ष सीके राउतले मधेश आन्दोलनका शहीदको सम्झनामा सबैलाई उठेर मौन धारण गर्न आग्रह गरेका थिए । त्यतिबेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनसहितका कतिपय उठेका थिएनन् । तर उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र कतिपय सांसद उठेका थिए ।
उनले भने, ‘संसदको मर्यादा हुन्छ, उहाँ रुलिङ सभामुखको चल्छ, यति कुरा पनि दोस्रो पटक निर्वाचित भएको मैले बुझिन भने, म भावनामा बगेँ भने संसदमा परम्परामा राम्रो छोड्दैन’ उनले भने, ‘कि सभामुखले रुलिङ गर्नुप¥यो । कि मेरो प्रधानमन्त्री उठ्नुपर्यो।’ ‘यसो भन्दैमा हामीले मधेश आन्दोलनको शहीदको अपमान गरेको भन्न पाइँदैन, यो गलत कुरा भइरहेको छ, यो गलत कुरा लान पाइँदैन ।’
प्रतिक्रिया दिनुहोस्