काठमाडौँ, ९ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले फागुनभित्रै राष्ट्रपति निर्वाचन गराउन माग गरेको छ ।
नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको सोमबार बसेको बैठकले चुनाव सारेर कामचलाउ राष्ट्रपतिले काम गर्ने अवस्था निर्माण नगर्न ध्यानाकर्षण गराएको हो । उसले फागुन मसान्तभित्र अनिवार्य राष्ट्रपति चुनाव गर्न माग गर्दै त्यसअघि संविधान र कानुनमा रहेका फरक हटाइसक्न सरकारको ध्यानाकर्षण गराएको हो ।
“आजको बैठक राष्ट्रपति निर्वाचन केन्द्रित भयो । निर्वाचन समयमा हुनुपर्छ,” नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले भने, “ऐनमा समस्या छन् भने समयमा समाधान गर्नुपर्छ भन्ने कुरामा सरकार र निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराएको छ ।”
प्रतिक्रिया दिनुहोस्