समाचार

म्याच फिक्सिङ प्रकरणमा दुई क्रिकेटर पक्राउ



काठमाडौँ, ९ माघ । नेपाल टी–२० लिग क्रिकेट प्रतियोगितामा म्याच फिक्सिङ गरेको आरोपमा दुईजना क्रिकेटर पक्राउ परेका छन् । पक्राउ पर्नेमा पूर्व क्रिकेटर महबुब आलम र आदिल अन्सारी छन् ।

उनीहरुलाई आज बिहान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो । उनीहरुलाई आज बिहान ११ बजेतिर पक्राउ गरिएको जनाएको छ ।