राजनीति

स्ववियु निर्वाचनमा समाजवादी विद्यार्थीलाई जिताउन जसपाको निर्देशन



काठमाडौँ, १० माघ । त्रिभुवन विश्वविद्यालय लगायत विभिन्न क्याम्पसहरुमा आगामीचैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा समाजवादी विद्यार्थी युनियनलाई आवश्यक पहल, अभियान र सहयोग गर्न गराउनमा तहतका समितिहरुलाई जनता समाजवादी पार्टी, नेपालले परिपत्र जारी गरेको छ ।

सोमबार जारी परिपत्रमा निर्वाचनको लागि जनता समाजवादी पार्टीसँग आवद्ध विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियनलाई निर्वाचनको लागि आवश्यक तयारी गर्न र चुनाव जिताउनको लागि पार्टीको नगर, महानगर, जिल्ला र प्रदेश समितिले विद्यार्थी चुनाव सम्बन्धी विशेष योजना र कार्यक्रम तय गरी समाजवादी विद्यार्थी युनियनसँग समन्वय गरी व्यापक रुपमा अभियान नै सञ्चालन गर्नुपर्ने भनिएको छ ।