झापा, १० माघ । झापाको कचनकवल गाउँपालिका–४ केचनामा रहेको चिया बगानको सिरिसको रुखमा झुन्डिएको अवस्थामा युवक–युवती मृत अबस्थामा फेला परेका छन् ।
जिल्ला प्रहरी झापाका अनुसार स्थानीय २५ वर्षीय राजेशकुमार गणेश र १८ वर्षीया पवित्रा राजवंशी मृत भेटिएको जिल्ला हो । उनीहरु एभरेष्ट चिया बगानमा मृत फेला परेका हुन् । चिया बगानको सिरिसको रुखमा पासो लगाएर झुन्डिएको अवस्थामा युवायुवती मृत फेला परेपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।
विवाहको सन्दर्भमा उनीहरुका परिवारबीच विवाद भएको र त्यहि तनावमा झुन्डिएको हुनसक्ने स्थानीयले अनुमान गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्