काठमाडौँ, २६ फागुन । गृहमन्त्रालयको बढुवा सिफारिस समितिले पाँच डीआईजीको एआईजीमा बढुवा सिफारिस गरेको छ ।
आज बसेको बढुवा सिफारिस समितिको बैठकले नेपाल प्रहरीको जनपद प्रहरीतर्फका पाँच प्रहरी नायव महानिरीक्षकहरूलाई सोही समुहको अतिरिक्त महानिरीक्षक पदमा बढुवा सिफारिस गरेको हो ।
बढुवा सिफारिस समितिले गरेको यही सिफारिस मध्येबाट मन्त्रिपरिषद्ले निर्णय गरेपछि उनीहरूको बढुवा कार्यान्वयन हुन्छ ।
प्रतिक्रिया दिनुहोस्