समाचार

एक किशोरी मृत फेला



बुटवल, २७ फागुन । रुपन्देहीमा एक किशोरी मृत फेला परेकी छन् ।

रुपन्देहीको सैनामैना वडा न. २ कालीचोकको एक घरभित्र झुण्डिएको अवस्थामा एक किशोरी मृत फेला परेकी हुन् ।

मृतक बुटवल वडा नं. १७ रानीगञ्ज बस्ने १८ वर्षीया अनिशा नेपाली रहेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।