समाचार

लागुऔषधसहित दुई जना पक्राउ



काठमाडौँ, २७ फागुन । देशका विभिन्न स्थानबाट लागुऔषधसहित दुईजना पक्राउ परेका छन ।

प्रहरीका अनुसार कञ्चनपुरको बेलौरी नगरपालिका-५ बन्तरीयाबाट अवैध लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ४ ग्राम ४१ मिलिग्रामसहित सोही नगरपालिका-१० शिवनगर बस्ने २३ वर्षीय विवेक चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले मैनाहाबाट भकुण्डातर्फ जाँदै गरेको सु.प.प्र.०१-०११ प ५००४ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटर चालक चौधरीलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै धादिङको गल्छी गाउँपालिका-४ मासटारबाट अवैध लागुऔषध गाँजा करिब १० किलोग्रामसहित गजुरी गाउँपालिका-८ किरानचोक बस्ने ३४ वर्षीय बीर बहादुर तामाङलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट आदमघाटबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।