समाचार

बस दुर्घटना हुँदा ५ जनाको मृत्यु



काठमाडौँ, २८ फागुन । सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर ४ कुइभिरमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बा २ ख ६५९६ नम्बरको बस आज बिहान ९ः१५ बजे दुर्घटना भएको हो । दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।

दुर्घटनाको बेला बसमा २९ जना यात्रु थिए । घाइतेहरुर्ला उद्धार गरेर उपचारका लागि अस्पताल पठाउने काम जारी छ ।