समाचार

श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु



जुम्ला, २८ फागुन । जुम्लाको तिला गाउँपालिका नुवाकोट गाउँमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ ।

तिला–४ नुवाकोटका ४७ वर्षीय आइते सार्कीले २३ वर्षीया श्रीमती ममता नेपालीलाई कुटपिट गरेका प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार कुटपिटबाट घाइते भएकी ममताको समयमै उपचार नहुँदा ज्यान गएको हो । श्रीमतीलाई कुटपिट गर्ने आइतेलाई प्रहरीले पक्राउ गरेको छ ।