अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, २८ फागुन । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन १७ सय रुपैयाँले बढेर १ लाख ३५ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ३ हजारमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य २५ रुपैयाँले बढेर प्रतितोला १२ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।