अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, २९ फागुन । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ६ सय रुपैयाँले बढेर १ लाख ४१ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ३ हजार ६ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।