समाचार

काठमाडौँको वायु ‘अति अस्वस्थकर’



काठमाडौँ, २९ फागुन । काठमाडौँ उपत्यकाको वायु ‘अति अस्वस्थकर’ बनेको छ ।

वायु प्रदूषण सूचकांक (एक्यूआई)का अनुुसार सोमबार काठमाडौँका विभिन्न स्थानको वायुमा प्रदूूषणको मात्रा १५० यूएस एक्यूआईभन्दा बढी देखिएको छ ।

आईक्यू एयरका अनुसार सोमबार बिहान ११ः४५ बजे काठमाडौँको महाराजगन्जस्थित अमेरिकी राजदूतावासअगाडिको मापनयन्त्रले देखाएको वायु प्रदूषणको मात्रा २२५ यूएस एक्यूआई छ । यो मात्रालाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले अति अस्वस्थकरको मान्छ ।

यस्तै, रत्नपार्ककोे १५७, भक्तपुरको १८९, कीर्तिपुरको वायु प्रदूषणको मात्रा १५३ यूएस एक्यूआई देखिएको छ । गएको शुक्रबारयता उपत्यकामा प्रदूूषण्को मात्रा निरन्तर बढ्दै गएको सूचकले देखाएको छ ।