समाचार

आजको मौसम



काठमाडौँ, १ चैत । नेपालमा अहिले स्थानीय र पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ ।

विभागका अनुसार देशका विभिन्न भागमा आज वर्षाको सम्भावना रहेको छ । केही प्रदेशका विभिन्न भू–भागमा हल्का वर्षाको सम्भावना रहेको हो । आज बिहान गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली रहको छ । अन्य प्रदेशका पहाडी तथा हिमाली भू–भागहरूमा आंशिक बदली र तराई भेगमा मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो पहाडी भू–भागहरूमा आंशिकदेखी सामान्य बदली रहने बताएको छ । बाँकी भू–भागमा आंशिक बदली रहने छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा अपराह्नपछि मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

काठमाडौँमा आज वर्षाको सम्भावना रहेको छ । अपराह्नपछि वर्षाको सम्भावना रहेको छ । त्यस्तै आज राति देशको पहाडी भू–भागहरूमा आंशिकदखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोसी, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ ।