समाचार

थप ४ जनामा कोरोना संक्रमण पुष्टि, २ जना डिस्चार्ज



काठमाडौँ, १ चैत । पछिल्लो २४ घण्टामा थप ४ कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा संक्रमितको संख्या १० लाख ११ सय ७२ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १९ जना रहेका छन ।

मन्त्रालयका अनुसार २ आज जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ८९ हजार १ सय ३३ जना रहेको छ । पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन । त्यस्तै आजसम्म मृत्यु हुनेको संख्या १२ हजार २० जना रहेको मन्त्रालयले जनाएको छ ।