समाचार

भरतपुर अस्पतालले माग्यो ज्यालादारी डाक्टर



चितवन, २ चैत । चितवनको भरतपुर अस्पतालले मासिक ज्यालादारीमा काम गर्ने डाक्टरहरुको माग गरेको छ । अस्पतालले सूचना प्रकाशन गर्दै मासिक ज्यालादारीमा काम गर्नेगरी १२ जना मेडिकल अफिसर (आठौं तह) माग गरेको हो।

एक जना अर्थोपेडिक सर्जन, १ जना जनरल सर्जन र २ जना एनेस्थेसियोलोजिस्टसहित १२ जना डाक्टर माग गरिएको अस्पतालले जनाएको छ । मेडिकल अधिकृतको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट एमबिबिएस उपाधि प्राप्त गरेका र विशेषज्ञ चिकित्सकको हकमा एमबिबिएसका अतिरिक्त सम्बन्धित विषयमा विशेषज्ञता हासिल गरेको हुनुपर्ने भनिएको छ ।