Banner News

उपराष्ट्रपति निर्वाचन : शीर्ष नेताहरुद्वारा मतदान



काठमाडौँ, ३ चैत । राजनीतिक दलका शीर्ष नेताहरुले उपराष्ट्रपति निर्वाचनका लागि मतदान गरेका छन् ।

संघीय संसद भवन वानेश्वरमा अहिले उपराष्ट्रपति निर्वाचनका लागि मतदान जारी छ । जारी मतदानमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत (समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल लगायतका शीर्ष नेताहरुले मतदान गरेका हुन् ।