Banner News

गठबन्धनमा चाँडै मन्त्रिपरिषद् विस्तार गर्ने सहमति



काठमाडौँ, ८ चैत । सत्ता गठबन्धनको बैठकमा सरकार विस्तारबारे छलफल भएको छ ।

कांग्रेस नेता रमेश लेखकका अनुसार आज साँझ बालुवाटारमा बसेको बैठकले चाँडोभन्दा चाँडो मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको हो ।

“समसामयिक विषयमा छलफल भएको छ । सरकार विस्तारबारे छलफल भएको छ । कुन पार्टीले कति मन्त्रालय पाउने भन्नेबारे छलफल हुन बाँकी छ । चाँडोभन्दा चाँडो मन्त्रिपरिषद् विस्तार गर्नेबारे सबै दल सहमत छौँ,” उनले भने ।